इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश जारी

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश जारी
AdvertisementAds

सर्वोच्च अदालतले सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा मात्रै प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

यसअघि अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

सर्वोच्च अदालतको आदेशपछि इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीको प्रयोगलाई विस्थापित गर्दै अंग्रेजी भाषा मात्र लागू गर्ने निर्णय तत्काल कार्यान्वयन हुने छैन भन्ने स्पष्ट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स