सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज बिहान आईपीओको बाँडफाँड भएको हो। बल नम्बर १ परेको छ।
१ लाख २८ हजार ६५० जना आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात परिसकेका छन् भने बाँकी आवेदनको हात खाली भएको छ ।
कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। यसअघि नेपाल धितोपत्र बोर्डले पुस ६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।
कसरी हेर्ने आईपीओको नतिजा ?
2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल
आवेदकहरूले आवेदन दिएको डीपी आइडी र अन्य विवरणहरू राखेर आईपीओको नतिजा हेर्न सक्नेछन्।
आईपीओको नतिजा केहि समय पछि हेर्न सकिनेछ ।


प्रतिकृया