काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा रहेको ‘भीआइपी लिफ्ट’ अब सर्वसाधारणले पनि प्रयोग गर्न पाउने भएका छन्। विगतमा बालेन्द्र शाह मेयर हुँदा यो लिफ्ट पासवर्डको माध्यमबाट विशिष्ट व्यक्तिहरूका लागि मात्र सीमित गरिएको थियो।
कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा गत माघ ६ गतेदेखि लिफ्ट सर्वसाधारणका लागि खुला गरिएको हो। यो नयाँ लिफ्ट २०८१ साल साउनमा जडान गरिएको थियो र पहिले मेयर, उपमेयर, र प्रमुख प्रशासकीय अधिकृतका लागि मात्र सुरक्षित गरिएको थियो।
महानगरको मुख्य ६ तले भवनमा मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष छन्। तेस्रो तलामा उपमेयर, चौथो तलामा प्रमुख प्रशासकीय अधिकृत र पाँचौँ तलामा मेयरको कार्यालय रहेको छ।
यसअघि, भवनमा सेवाग्राहीको बढी चाप हुने भएकाले लिफ्ट प्रयोग गर्न नपाउँदा सर्वसाधारणले माथिल्लो तलामा हिँडेर पुग्नुपर्थ्यो। मेयर बालेन्द्र शाहले राजीनामा दिएपछि चुनावी मैदानमा होमिएर, कार्यवाहक जिम्मेवारी सम्हालेकी डंगोलले यस्तो निर्णय लिएकी हुन्।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया