सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी गरेको छ।

कम्पनीले आईपीओ निष्काशनसम्बन्धी प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो। मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले क्रिस्टल ब्याङक्वेट, मानभवन, काठमाडौंमा बिहान १०ः४५ बजे साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।

सभाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै यससम्बन्धी आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स