राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छिन्। उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा पत्र बुझाएकी हुन्।
श्रेष्ठले आफू संसद्मा केन्द्रित रहन चाहेकाले पार्टीको व्यवस्थापकीय भूमिकाबाट अलग हुने निर्णय गरेको बताइएको छ। सभापति रवि लामिछाने पार्टीमा फर्किएकै दिन उनले राजीनामा बुझाएको छ।
सुमना श्रेष्ठले पार्टी सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै केही समयदेखि असहमति जनाउँदै आएकी थिइन्। आज केन्द्रीय समिति बैठकमा उनको राजीनामा पेश हुनेछ।
















प्रतिकृया