जेनजीका नेता सुदन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्। गुरुङले केहीबेरमा रास्वपा कार्यालय पुगेर औपचारिक रूपमा प्रवेश गर्ने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। उनले काठमाडौंका मेयर बालेन शाहसँगै रास्वपा कार्यालय पुग्ने बताए।
गुरुङले भने, “यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो।”
मेयर शाहको आगमनपछि रास्वपा कार्यालयमा शुभचिन्तकहरूको ठूलो भिड रहेको छ।


प्रतिकृया