सेयर बजारका लगानीकर्ताहरुले चलाए ‘भी शेप रिकोभरी’ अभियान

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २० गते
सेयर बजारका लगानीकर्ताहरुले चलाए ‘भी शेप रिकोभरी’ अभियान

सेयर बजारका लगानीकर्ताहरुले सामाजिक संजालमा ‘भी शेप रिकोभरी’ अभियान चलाएका छन्। युवा लगानीकर्ताद्वय दिपेन भण्डारी र सुजन बानियाँको अगुवाईमा सो अभियान चलेको हो। युवा लगानीकर्ताहरुको अभियानलाई पाका लगानीकर्ताहरुले पनि साथ दिएका छन्।

575322260 2299695400461653 1152818496256690782 n https://bajarkochirfar.com/stock-market-investors-launch-v-shape-recovery-campaign | %tags

पूँजी बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियारले हरियो रंगको भी शेप रिकोभरी लेखिएको हुडी लगाएको तस्विर सामाजिक संजाल फेसबुकमा राखेका छन्। अंग्रेजी भाषामा लेखिएको क्याप्सनले हामी हरेक दिन बलियो बन्दै गईरहेका छौँ भन्ने संदेश दिएको  देखिन्छ। बजारका चर्चित लगानीकर्ता केशव कोईराला ‘काका’ ले भी शेप रिकोभरी लेखिएको हरियो रंगको टि शर्ट लगाएको फोटो फेसबुक स्टोरीमा राखेका छन्।

575641389 1389685152748333 5533837531337838736 n e1762412302983 https://bajarkochirfar.com/stock-market-investors-launch-v-shape-recovery-campaign | %tags

574976771 1133440025625989 5778702119876538867 n e1762412385928 https://bajarkochirfar.com/stock-market-investors-launch-v-shape-recovery-campaign | %tags

त्यस्तै भिजन सेक्युरिटिज ब्रोकर नम्बर ३४ का संचालक राजकुमार तिमिल्सिनाले भी शेप रिकोभरी लेखिएको हरियो रंगको टि शर्ट लगाईएको तस्विर फेसबुकमा राखेका छन्। सँधै हरियालीमा रमाउन पाइयोस् भन्ने आशयको क्याप्सन समेत उनले राखेका छन्। लगानीकर्ता नरेश जोशी, प्रसिद्ध खनाल, सागर खतिवडा, प्रकाश श्रेष्ठ लगायत अन्य धेरैले भी शेप रिकोभरी लेखिएको टि शर्ट लगाएको तस्विर सामाजिक संजालमा राखेका छन्।

575650123 1450263022745357 5930880460062442854 n e1762412439237 https://bajarkochirfar.com/stock-market-investors-launch-v-shape-recovery-campaign | %tags

जेन जी आन्दोलन पछि खुलेको सेयर बजारमा ठूलो गिरावट आयो। नेप्से २४७० आसपास सम्म झरेको थियो। यो समाचार तयार पार्दा नेप्से सूचक २६०० माथि छ।  बैंकको ब्याजदर अत्यन्तै न्यून बिन्दुमा झरेको, तरलता फालाफाल भएको, राष्ट्र बैंकले नीतिगत सहजीकरण गरिदिएको, पूँजीबजार सुधार सुझाव कार्यदलले दिएका सुझावहरु कार्यान्वयनको चरणमा रहेको, सूचीकृत कम्पनीहरुले लाभांश दिने सिजनमा पूँजीबजारमा रौनक आउने आधार प्रशस्त रहेको तर लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले गति लिन नसकेको भन्दै बजारमा सकारात्मक संदेश प्रवाह गर्न आफूहरुले यो अभियान संचालन गरेको युवा लगानीकर्ता दिपेन भण्डारीले बजारको चिरफारलाई बताए। ‘बजार जसरी घटेको हो त्यसरी नै बढ्छ, भी शेप रिकोभरी हुने देखिन्छ’, उनको भनाई छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स