‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ कात्तिकमा हुँदै, कसरी हुने सहभागी ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ३० गते
‘स्टार्टअप एन्ड आइडिया फेस्ट’ कात्तिकमा हुँदै, कसरी हुने सहभागी ?
AdvertisementAds

आगामी कात्तिक २७ र २८ गते “स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५” काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुने भएको छ। लिभिङ विथ आईसीटी र स्वाइड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने यस फेस्टमा सातै प्रदेशका सयभन्दा बढी स्टार्टअप र इनोभेसनहरू सहभागी हुनेछन्। रोबोटिक्स, ड्रोन, एआई प्रविधि, रकेट र एयरोस्पेसलाई प्राथमिकतामा राखिने फेस्टमा ५० भन्दा बढी स्टार्टअप र प्रोडक्टहरू आईसीटी अवार्ड २०२५ का सेमिफाइनलिस्टका रूपमा सहभागी हुनेछन्, जसमा अवलोकनकर्ताहरूले भोट दिन सक्ने व्यवस्था हुनेछ।

नेपालमा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो फेस्टमा नि:शुल्क सहभागिता गर्न सकिनेछ। प्रदर्शनीमा राखिएका आइडिया र प्रोडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि प्रोडक्ट डेमो र नेटवर्किङ सेसन हुनेछ। साथै, बाहिरबाट आएका स्टार्टअपहरूका लागि मेन्टरिङ, इन्क्युबेसन र निःशुल्क “आर्किटेक्चर एज ए सर्भिस” प्रशिक्षण सेसनहरू पनि सञ्चालन गरिनेछन्। सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’बाट सम्मानित गरिनेछ। हाल आईसीटी अवार्ड २०२५ का लागि १५ विधामा छनोट प्रक्रिया जारी रहेको आयोजकले जनाएको छ।

आयोजकका अनुसार उक्त प्रदर्शनीमा इच्छुक व्यक्तिहरूले नि:शुल्क रूपमा सहभागिता जनाउन सक्नेछन्। प्रदर्शनीमा सहभागी हुनका लागि यहाँ क्लिक गरेर फाराम भर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स