विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा एकआपसमा प्रतिस्पर्धा गर्न लागेका छन्।
नेकपा एमालेले झापा क्षेत्र नम्बर २ मा सभामुख घिमिरेलाई उम्मेदवारीको टिकट दिएको छ। घिमिरे २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरलाई झापा क्षेत्र नम्बर २ का लागि टिकट दिएको छ। उनी २०७९ को निर्वाचनमा समानुपातिक सांसद थिइन्। यससँगै झापा–२ क्षेत्र आगामी निर्वाचनमा दुई सांसद पदाधिकारीबीच सीधा प्रतिस्पर्धाको केन्द्र बन्ने भएको छ।




















प्रतिकृया