प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको निरन्तर अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ। बैठकको सुरुदेखि नै विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेका थिए।
विपक्षी दलहरूले स्वतन्त्र छानबिनको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै दोस्रो दिन पनि नाराबाजी गरेका छन्।
यी निरन्तर अवरोधका कारण सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका हुन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया