instainsta

सङ्घीय संसद्‌का ६ समितिको बैठक आज बस्दै, के-के विषयमा हुनेछ छलफल ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २१ गते
सङ्घीय संसद्‌का ६ समितिको बैठक आज बस्दै, के-के विषयमा हुनेछ छलफल ?
AdvertisementAds

सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठकहरू आज बस्ने भएका छन्।

संसद् सचिवालयका अनुसार बिहान ११:०० बजे कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा विकास, आर्थिक मामिला र सुशासन समितिको बैठक बस्नेछ।

यस्तै, बिहान ११:३० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक निर्धारित गरिएको छ।

शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुनेछ।

त्यसैगरी, विकास समितिको बैठकमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने’ विषयमा गैरसरकारी संस्था, नागरिक समाज तथा सरोकारवालासँग छलफल गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स