सिन्धु विकास बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

सिन्धु विकास बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

सिन्धु विकास बैंकले १६ औं वार्षिक साधारण सभा डाकेको छ। बैंकको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले सभा आह्वान गरेको हो। सभा फागुन १५ गते, काभ्रेको धुलिखेलस्थित होटल सारथिमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा सिन्धु विकास बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग हुने गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने प्रस्ताव पारित हुने छ।

यसैगरी, वित्तीय वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, असार २०८२ मसान्तसम्मको वित्तीय विवरण, नगद प्रवाह, नाफा–नोक्सान हिसाब र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सञ्चालक समिति सदस्य ३ जनाको निर्वाचन गर्ने प्रस्ताव पनि पारित हुने बैंकले जनाएको छ। साधारण सभा प्रयोजनका लागि बैंकले फागुन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स