कहिलेदेखि बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर भर्न पाइन्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १३ गते
कहिलेदेखि बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर भर्न पाइन्छ ?
AdvertisementAds

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १५० कित्ता सेयर १ बराबर १ को अनुपातमा जारी गर्न लागेको हो, जसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भइसकेको छ। यस हकप्रद सेयरको लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको छ, जसअनुसार जेठ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कायम रहेका सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिन सकिने अन्तिम मिति असार १९ गते तोकिएको छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले CARE-NP BB Issuer Rating प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पुरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। हकप्रद सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई दिइएको छ। इच्छुक लगानीकर्ताहरूले आरबिबि मर्चेन्ट बैंकिङ्गसहित राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू र मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ, जुन हकप्रद बाँडफाँडपछि बढेर १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स