सिम्रिक एयरले आइपीओ जारी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ७ गते
सिम्रिक एयरले आइपीओ जारी गर्ने

सिम्रिक एयरले आइपीओ जारी गर्ने प्रस्तावसहित आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले आगामी फागुन २८ गते साधारणसभा बोलाएको हो। सभा काठमाडौं–३२ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा साँझ ५ बजेबाट सुरु हुनेछ।

सभाको मुख्य एजेन्डामा कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने तथा सर्वसाधारणका लागि धितोपत्रको सार्वजनिक निष्काशन (आइपीओ) गर्ने प्रस्ताव पारित गर्ने विषय समावेश छ। साथै, कम्पनीको नियमावली संशोधनसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिनेछ।

त्यसैगरी, सभाले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्ने कार्यक्रम रहेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स