फागुनमा सिद्धार्थ इक्वीटी फण्डको नाफा १६ प्रतिशत बढ्यो, कति पुग्यो न्याभ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १२ गते
फागुनमा सिद्धार्थ इक्वीटी फण्डको नाफा १६ प्रतिशत बढ्यो, कति पुग्यो न्याभ?

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य (न्याभ) विवरण सार्वजनिक गरेको छ।फण्डले फागुन मसान्तसम्म २५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन माघ मसान्तको तुलनामा १६ प्रतिशत वृद्धि हो। माघ मसान्तमा फण्डको नाफा २१ करोड ६४ लाख रुपैयाँ थियो।

फागुन महिनामा फण्डको आम्दानी बढेकाले नाफा पनि बढेको हो। माघ मसान्तमा २३ करोड ५१ लाख रुपैयाँ रहेको आम्दानी फागुन मसान्तसम्म  बढेर २७ करोड २५ लाख रुपैयाँ पुगेको छ।नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि माघको तुलनामा बढेको छ। माघ मसान्तमा फण्डको न्याभ ११ रुपैयाँ ७३ पैसा थियो, जुन फागुन मसान्तमा ११ रुपैयाँ ९६ पैसा पुगेको छ।

फागुन महिनासम्म फण्डले कुल ५९ वटा सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ, जुन माघ महिनामा १ अर्ब ३६ करोड रुपैयाँ थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स