सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामूहिक लगानी कोष योजना सार्वजनिक गरेको छ। ‘सिद्धार्थ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने ‘सिद्धार्थ इक्विटी फण्ड २’ नामक बन्दमुखी योजना मार्फत इकाई निष्काशन गरिएको हो।
यो फण्डको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ, जसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गरिएको छ। कुल इकाईमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिद्धार्थ बैंकका लागि सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।
लगानीकर्ताले यस निष्काशनमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि छिटोमा वैशाख २४ गतेसम्म तोकिएको छ। यदि सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा म्याद थप भई जेठ ४ गतेसम्म कायम रहनेछ।
उक्त फण्ड निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले वैशाख २ गते अनुमति प्रदान गरेको थियो।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया