आईटी उद्यमी असगर अलि प्रोमोटर रहेको तादी घ्याङफेदी जलविद्युत् आयोजनामा सिद्धार्थ बैंकले लोन लगानी गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ७ गते
आईटी उद्यमी असगर अलि प्रोमोटर रहेको तादी घ्याङफेदी जलविद्युत् आयोजनामा सिद्धार्थ बैंकले लोन लगानी गर्ने
AdvertisementAds

एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट क्षमताको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माणका लागि लोन (कर्जा) लगानी सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका दौरान एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे।

यस आयोजनाको कुल अनुमानित लागत १ अर्ब ६४ करोड रुपैयाँ छ, जसको ७५ प्रतिशत, अर्थात् १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणबाट व्यवस्थापन हुनेछ। बाँकी २५ प्रतिशत रकम स्वपूँजीबाट व्यवस्थापन गरिनेछ।

यो परियोजना अनुभवी प्रवद्र्धकहरूको समूहले विकास गरिरहेको हो, जसमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रका असगर अली लगायतका व्यक्तिहरू समावेश छन्। एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ नुवाकोटमा सञ्चालित बुद्धभूमि हाइड्रोपावर लिमिटेडका अध्यक्ष पनि हुन् भने, खतिवडा र अली अन्य हाइड्रोपावर कम्पनीहरूमा पनि संलग्न छन्।

तादी घ्याङफेदी जलविद्युत् आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित हुनेछ र १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सञ्चालनमा आएपछि हाइड्रो टुरिज्मबाट आम्दानी गर्ने योजना पनि रहेको छ। गोसाइँकुण्ड जाने ट्रेकिङ रुटमा पर्ने यस आयोजनाले क्याम्प हाउसलाई होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिन सक्नेछ।

यस आयोजनाको उत्पादन अनुमतिपत्र ३१ असार २०७८ मा विद्युत् विकास विभागबाट प्राप्त भएको थियो। आयोजनामा ३९०० मिटर पाइपलाइन र ४४६ मिटर हेड रहेको छ। यस परियोजनाबाट वार्षिक ४ करोड ८७ लाख युनिट विद्युत् उत्पादन हुनेछ र २९ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। सुक्खायाममा १५.९७ गिगावाट आवर र वर्षामा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन हुने योजना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स