आजसम्म सेयर किन्नेले पाउँछन् यी ३ कम्पनीको लाभांश, कुनले कति दिँदैछ बोनस र नगद ?

आजसम्म सेयर किन्नेले पाउँछन् यी ३ कम्पनीको लाभांश, कुनले कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

आज असोज १२ गते सोमबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी तीनै कम्पनीले भोलि असोज १३ गते बुक क्लोज गर्दैछन्। त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले सम्बन्धित कम्पनीको साधारण सभामा सहभागी हुनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असोज २८ गते बुधबार होटल सेफ्रन सि.के. प्रा.लि., बुटवल, रुपन्देहीमा १८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ः३० बजे सुरु हुनेछ। सभाबाट हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन्।

सर्वोत्तम पेन्ट्सले असोज २५ गते आइतबार होटल जंगल स्पा प्रा.लि., गोदावरी, अत्तरिया, कैलालीमा पाँचौँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा दिउँसो १ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा बोनस सेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट तीन जना तथा सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचित गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुनेछन्।

अरुण भ्याली हाइड्रोपावरले असोज २७ गते मंगलबार होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा २९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको लगानी रहेको सहायक कम्पनीले निर्माण गर्ने आयोजनाका लागि कर्पोरेट ग्यारेन्टी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पेश हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स