सिद्धार्थ बैंक लिमिटेडले आगामी असार २९ गतेदेखि १० वर्षे अवधि हुने वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ।
बैंकले प्रतिऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यमा २५ लाख कित्ता अर्थात् कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। यसमध्ये ६० प्रतिशत (१५ लाख कित्ता) व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत (१० लाख कित्ता) सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये ५ प्रतिशत (५० हजार कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतममा सबै कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। निष्काशन अवधि छिटोमा असार ३२ गते र ढिलोमा साउन ११ गतेसम्म कायम रहनेछ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट वा ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
क्रेडिट रेटिङ संस्थान इक्रा नेपालले सिद्धार्थ बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ ‘BBB+’ प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुरक्षा रहेको जनाउँछ। ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टी गरी भुक्तानी गरिने व्यवस्था रहेको छ।







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया