सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले असार ६ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो।
बैंकले अब प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता ऋणपत्र सार्वजनिक गर्नेछ। तीमध्ये १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ बराबर) ऋणपत्र निजी संस्थागत लगानीकर्तालाई बिक्री गरिनेछ भने बाँकी १० लाख कित्ता (१ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिनेछ।
१० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत ब्याज प्रदान गरिनेछ। ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।











![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया