सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति, वार्षिक ब्याजदर कति?



सिद्धार्थ बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले असार ६ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो।

बैंकले अब प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता ऋणपत्र सार्वजनिक गर्नेछ। तीमध्ये १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ बराबर) ऋणपत्र निजी संस्थागत लगानीकर्तालाई बिक्री गरिनेछ भने बाँकी १० लाख कित्ता (१ अर्ब रुपैयाँ बराबर) सर्वसाधारणका लागि खुला गरिनेछ।


Advertisement

१० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ७.२५ प्रतिशत ब्याज प्रदान गरिनेछ। ऋणपत्र निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर