शिवश्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार असोज ३१ गते सेयर बाँडफाँड गरिएको हो।
कम्पनीले भदौ ११ गतेदेखि असोज २३ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। यसमध्ये रितपूर्वक आवेदन दिने सेयरधनीलाई १ करोड ३८ लाख ९८ हजार १ सय ५५ कित्ता सेयर बाँडफाँड गरिएको छ। बाँकी ८ लाख ६५ हजार ८ सय ४५ कित्ता सेयर लिलाममा जानेछन्।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया