शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। यसका लागि कम्पनीले गत साउन १६ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार, साउन १५ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद भर्न पाउनेछन्। हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति असोज ८ गतेसम्म रहेको छ।
हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगञ्ज, सुर्खेत, जनकपुर, नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखाबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत वा ‘मेरो सेयर’ मार्फत पनि हकप्रद भर्न सक्नेछन्।



















प्रतिकृया