शिव श्री हाइड्रोपावर लिमिटेडले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ बराबर १ अनुपातमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट गत साउन ४ गते अनुमति पाएको हो।
यस प्रयोजनका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार साउन १५ गतेसम्म नेप्सेमा नाम दर्ता भएका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज ८ तोकिएको छ। यसको निष्काशन तथा बाँडफाँडको व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया