शिव श्री हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा, के-के छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १८ गते
शिव श्री हाइड्रोपावरले बोलायो वार्षिक साधारण सभा, के-के छन् प्रस्तावहरु ?

शिव श्री हाइड्रोपावर लिमिटेडले असार ८ गते बिहान ११ बजे काठमाडौंको अनुपम फुडल्याण्ड एन्ड ब्यांकेटमा वार्षिक साधारण सभा डाकेको छ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि हुनेछ।

त्यसैगरी, सभा नयाँ सञ्चालकको नियुक्ति पनि गर्नेछ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गर्ने भएकोले, जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स