लाभांश र मर्जर प्रस्ताव सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ५ गते
लाभांश र मर्जर प्रस्ताव सहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभा, कहिले ?

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर २६ गते सत्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलस्थित होटल सेफ्रन सि.के प्रा.लि. मा दिउँसो साढे १२ बजे बस्ने निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर  र १० प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ भने चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स