शिखर पावरको आईपीओ भर्ने समय लम्बियो, अब कहिलेसम्म भर्न सकिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १७ गते
शिखर पावरको आईपीओ भर्ने समय लम्बियो, अब कहिलेसम्म भर्न सकिने ?
Advertisement Ads

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशनको अवधि थप गरेको जानकारी दिएको छ। निर्वाचनका कारण घोषित सार्वजनिक बिदाले गर्दा यो निर्णय लिइएको कम्पनीले स्पष्ट पारेको छ।

यसअघि फागुन २२ गतेसम्म खुला रहने भनिएको आईपीओ अब फागुन २६ गतेसम्म भर्न सकिनेछ। ग्लोबल आइएमई क्यापिटल निष्काशन प्रबन्धक रहेको यस निष्काशनमा लगानीकर्ताले सि-आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

शिखर पावर डेभलपमेन्टले सर्वसाधारणका लागि दोस्रो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज फागुन १७ गतेदेखि खुला गरेको छ।

कम्पनीले कुल १८ लाख ४२ हजार ६०० कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको हो। यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

https://bajarkochirfar.com/shikhar-powers-ipo-filing-deadline-has-been-extended-until-when-can-it-be-filed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स