शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, बीमा शुल्क आर्जनमा भने दोहोरो अंकको वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २९ गते
शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, बीमा शुल्क आर्जनमा भने दोहोरो अंकको वृद्धि

शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १.७९ प्रतिशतले बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा को खुद बिमा शुल्क आर्जन १ अर्ब ३ करोड ६६ लाख १० हजार रुपैयाँबाट १६.५७ प्रतिशतले बढेर १ अर्ब २० करोड ८३ लाख २८ हजार रुपैयाँ पुगेको छ। यता, लगानी तथा कर्जाबाट हुने आम्दानी १८.७७ प्रतिशतले घटेर २० करोड ९९ लाख १८ हजार रुपैयाँमा सीमित हुँदा नाफा सामान्य मात्र बढेको हो।

यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८१ पैसा छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स