शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औँ वार्षिक साधारणसभा आज (फागुन १३ गते) काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको केन्द्रीय कार्यालयमा बिहान ११ बजे आयोजना गर्दैछ। यो निर्णय कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गरेको हो।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि हालको चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरिनेछ। यसअन्तर्गत १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साथै, सभाले कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न, आवश्यक परेमा सम्बन्धित निकायबाट निर्देशन प्राप्त भएअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, माघ २९ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन योग्य हुनेछन्।



















प्रतिकृया