शेखर कोइरालाले भने, “बिचौलियाले मन्त्रीक्वाटरमा बिहानै घुसको ब्रिफकेस छाड्छन्”

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३१ गते
शेखर कोइरालाले भने, “बिचौलियाले मन्त्रीक्वाटरमा बिहानै घुसको ब्रिफकेस छाड्छन्”

सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मन्त्री निवासमा बिहानै बिचौलियाले घुसको ब्रिफकेस छाड्न थालेको भन्दै गम्भीर कटाक्ष गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ७८ लाख घुस डिलमा मुछिएपछि उनलाई बर्खास्त गर्न चौतर्फी माग भइरहेको छ। तर प्रधानमन्त्री केपी शर्मा ओली भने मौन छन्।

यही मौनतामाथि आक्रोश व्यक्त गर्दै नेता कोइरालाले विपक्षी दलहरू केवल कर्मकाण्डी शैलीमा राजीनामा माग गर्न सीमित रहेको र आफ्नै पार्टी नेपाली कांग्रेस सत्ता साझेदार भएर पनि मूकदर्शक बनेको आरोप लगाएका छन्।

कोइरालाले फेसबुकमा लेखेका छन्, “यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजिनामा माग्छन् तथा गठवन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स