शेख हसिनामाथि बंगलादेशका ३५ सय व्यक्ति बेपत्ता पारेको आरोप

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३० गते
शेख हसिनामाथि बंगलादेशका ३५ सय व्यक्ति बेपत्ता पारेको आरोप

भारतमा निर्वासनको जीवन बिताइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनामाथि गम्भीर आरोप लागेको छ। बंगलादेशमा मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले ३५ सयभन्दा बढी व्यक्ति बेपत्ता पारिएको घटनामा शेख हसिनालाई दोषी देखाएको छ। यो आरोप छानबिनका क्रममा प्रमाणित भएको दाबी गरिएको छ।

एक महत्त्वपूर्ण घटनाक्रममा जबरजस्ती बेपत्ता छानबिन आयोगले यस विषयमा अन्तरिम प्रतिवेदन सार्वजनिक गर्दै शेख हसिना र अन्य उच्च अधिकारीहरूको संलग्नता रहेको उल्लेख गरेको छ। “सत्य खुलासा” शीर्षकको प्रतिवेदनले यी घटनामा र्‍यापिड एक्सन बटालियन (RAB) को विवादास्पद भूमिकाबारे औंल्याउँदै यस संगठनलाई खारेज गर्न सिफारिस गरेको छ।

ढाकास्थित स्टेट गेष्ट हाउस जमुनामा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष न्यायाधीश मैनुल इस्लाम चौधरीले प्रतिवेदन अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसलाई बुझाएका छन्। आयोगले हालसम्म जबरजस्ती बेपत्ताका १ हजार ६७६ उजुरीमध्ये ७५८ उजुरीमा मात्र छानबिन गरेको जनाएको छ।

आयोगका अनुसार देशभर जबर्जस्ती बेपत्ता हुनेको संख्या ३ हजार ५ सयभन्दा बढी रहेको अनुमान गरिएको छ। यसले सुरक्षा निकायहरूले जानाजानी योजना बनाएर ती घटनाहरू लुकाउन खोजेको आरोप लगाएको छ। आयोगका अध्यक्ष चौधरीले भने, “अपरेशनहरू जानाजानी टुक्राटुक्रा गरिएको थियो ताकि कर्मचारीहरूलाई पीडितहरूको पहिचानको बारेमा थाहा नहोस् र तिनीहरूलाई अस्वीकार गर्न सकियोस्।”

प्रमुख सल्लाहकार युनुसले आयोगको प्रयासको प्रशंसा गर्दै छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “तपाईंहरूले निकै महत्त्वपूर्ण काम गरिरहनु भएको छ। तपाईहरूलाई जस्तोसुकै सहयोग गर्न सरकार तयार छ ।” अर्का प्रमुख सल्लाहकार अन्सारीले आयोगले पहिचान गरेका केही जेल र गोप्य हिरासत केन्द्रहरूको भ्रमण गर्ने योजना घोषणा गरेका छन्।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स