शार्क ट्यांक नेपालका शार्क सोमबार सार्वजनिक हुँदै

शार्क ट्यांक नेपालका शार्क सोमबार सार्वजनिक हुँदै

नेपाली दर्शकहरूका लागि प्रतीक्षित रियालिटी शो शार्क ट्यांक नेपालले छिट्टै शो मा सहभागी हुने शार्कहरूको नाम सार्वजनिक गर्ने भएको छ। फ्रेन्चाइज अधिकार लिएको हिमालय टेलिभिजनले आगामी सोमबार पत्रकार सम्मेलन आयोजना गरी शार्कहरूको औपचारिक परिचय गराउने तयारी गरेको छ।

शार्क ट्यांकको मुख्य आकर्षण भनेकै “शार्क” अर्थात् शोमा सहभागी हुने लगानीकर्ता हुन्। शो मा नेपालमा प्रतिष्ठित व्यवसायीहरू शार्कका रूपमा रहनेछन्। उनीहरूले उद्यमीहरूले प्रस्तुत गर्ने व्यवसायमा सम्भाव्यता मूल्यांकन गरेर लगानीका लागि प्रस्ताव गर्नेछन्।

कोभिड अघि सन् २०२० मा कार्यक्रमको घोषणा भए पनि विभिन्न प्राविधिक र व्यवस्थापकीय चुनौतीका कारण यो शो अघि बढ्न सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स