भदौ १० गते प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल–जवाफ हुने

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र २ गते
भदौ १० गते प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष सवाल–जवाफ हुने
AdvertisementAds

प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त मिति तय गरेका हुन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा सांसदले प्रश्न गर्न सक्ने व्यवस्था छ। नियमअनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा यसका लागि छुट्याउनुपर्ने व्यवस्था छ।

तोकिएको दिन बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्नुपर्ने नियमावलीमा उल्लेख छ। यस्तो व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न उठिरहेका बेला सभामुखले भदौ १० गतेका लागि कार्यक्रमको मिति तोकेका हुन्।

नियम ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ। त्यस्तै, नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले प्रश्नको विषयबारे बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखलाई लिखित जानकारी गराउनुपर्नेछ।

नियम ५९ अनुसार प्राप्त प्रश्न स्वीकारयोग्य भए–नभएको निर्णय सभामुखले गर्ने व्यवस्था छ। प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी अन्य कार्यविधि सभामुखले निर्धारण गरेअनुसार हुनेछ।

AdvertisementAds

यस्तै, नियम ६० मा यस परिच्छेदअन्तर्गत प्रधानमन्त्रीबाट दिइएको जवाफमाथि प्रतिनिधिसभामा कुनै छलफल गर्न नपाइने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स