राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाउँदै १५ करोड रुपैयाँबाट २५ करोड रुपैयाँ पुर्याएको छ। बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गर्दै राष्ट्र बैंकले अब एक व्यक्तिलाई २५ करोड रुपैयाँसम्म मार्जिन कर्जा दिन सकिने जानकारी दिएको हो।
त्यस्तै, पहिलो आवासीय घर कर्जाको सीमा पनि २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। यस प्रकारको कर्जामा अब बैंकले ८० प्रतिशतसम्म कर्जा दिन पाउनेछन्, जुन यसअघि ७० प्रतिशत सीमामा सीमित थियो।
रियल स्टेट कर्जामा लोन टु भ्यालु (LTV) रेसियो ५० प्रतिशत कायम गरिएको छ भने अन्य निजी आवासीय घर कर्जाका लागि यो रेसियो ७० प्रतिशत निर्धारण गरिएको छ। अघिल्लो व्यवस्था अनुसार, रियल स्टेट कर्जामा ५० प्रतिशत र अन्य निजी आवासीय घर कर्जामा ६० प्रतिशत मात्र कर्जा दिन पाइन्थ्यो।
नयाँ मौद्रिक नीतिको कार्यान्वयनसँगै कर्जाका सर्तहरूमा ल्याइएको यो सहजताले आवासीय तथा पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




















प्रतिकृया