नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमाथि चार शक्तिले हमला गरेको बताएका छन्। जसमा राजावादी, माओवादी कम्युनिष्ट, समाजवादी पपुलिष्ट र विदेशी शक्ति रहेका छन्। उनले भने, सामाजिक सञ्जालमार्फत एमालेलाई कमजोर पार्न खोजिएको छ।
पोखरेलका अनुसार राजावादीहरू एमाले नभएको भए शाही कार्यक्रम सहज हुने भन्दै विरोध गरिरहेका छन्। माओवादी र समाजवादीहरू पनि आफ्नो प्रभाव बढाउन एमालेमाथि हमला गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहजस्ता पपुलिष्ट समूहले पनि जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेका छन्।
एमाले कमजोर भए देश विदेशी शक्तिहरूको कठपुतली बन्न सक्ने खतरा रहेको पोखरेलले बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण रोक्न सबैलाई प्रतिरोध गर्न आग्रह गरे। सामाजिक सञ्जालको आलोचनाले नहतोत्साहित हुन समेत उनले कार्यकर्तालाई निर्देशन दिएका छन्।



















प्रतिकृया