instainsta

धितोपत्र बोर्डले ‘पूँजी बजार समन्वय संरचना’ बनाउने, अर्थ मन्त्रालयदेखि राष्ट्र बैंकसम्म एउटै प्लेटफर्ममा

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३१ गते
धितोपत्र बोर्डले ‘पूँजी बजार समन्वय संरचना’ बनाउने, अर्थ मन्त्रालयदेखि राष्ट्र बैंकसम्म एउटै प्लेटफर्ममा
AdvertisementAds

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै वित्तीय स्थायित्व कायम गर्न र बजार सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन ‘पूँजी बजार समन्वय संरचना’ (Capital Market Coordination Framework) कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ।

पूँजी बजारलाई बैंक-प्रधान वित्तीय प्रणालीबाट विविधीकृत वित्तीय प्रणालीतर्फ लैजान अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक (NRB), नेपाल धितोपत्र बोर्ड (SEBON), नेपाल बीमा प्राधिकरण (NIA) तथा कम्पनी रजिस्ट्रारको कार्यालय (OCR) बीच नियमित संवाद र औपचारिक समन्वयको व्यवस्था गरिनेछ।

नीतिअनुसार यस संरचनाको मुख्य उद्देश्य वित्तीय क्षेत्रका नियामक निकायबीच नीतिगत सामञ्जस्य कायम गर्दै बजार सुधारका कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो।

बजारमा देखिने जटिल कानुनी तथा नीतिगत विषयको अध्ययन र समाधानका लागि विभिन्न निकायका प्रतिनिधि सहभागी हुने ‘संयुक्त कार्यदल’ गठन गरिनेछ। यी कार्यदलले आवश्यक ऐन तथा नियमावलीमा समयानुकूल परिमार्जनका लागि अध्ययन र सिफारिस गर्नेछन्।

बोर्डले नेपाल राष्ट्र बैंक तथा अन्य नियामक निकायसँगको समन्वयमार्फत प्रणालीगत जोखिम (Systemic Risk) समयमै पहिचान गरी वित्तीय स्थायित्व कायम गर्ने नीति पनि लिएको छ।

नीतिअनुसार अनुसन्धानमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्न नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) लगायतका व्यावसायिक संस्थासँग ज्ञान आदानप्रदान र सहकार्य गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स