insta insta

धितोपत्र बोर्डले सानिमा बैंकलाई दियो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशनको अनुमति

धितोपत्र बोर्डले सानिमा बैंकलाई दियो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशनको अनुमति
Advertisement Ads

सानिमा बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको अविमोच्य, असञ्चिति अग्राधिकार सेयर निष्काशनको स्वीकृति दिएको हो।

स्वीकृतिसँगै बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ। उक्त अग्राधिकार सेयरमा ८.२५ प्रतिशत लाभांश दर निर्धारण गरिएको छ, जुन बैंकले मुनाफा आर्जन गरेको वर्षमा मात्र वितरण गरिनेछ।

सानिमा बैंकको अग्राधिकार सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।

627739093 1366502995520833 4718102508645338992 n https://bajarkochirfar.com/securities-and-exchange-board-of-nepal-sebn-has-granted-permission-to-sanima-bank-to-issue-irredeemable-unconsolidated-preference-shares | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स