सेबोनले १ हप्ताभित्र सार्वजनिक गर्ने भयो पुँजी बजार विकास मार्गचित्र

सेबोनले १ हप्ताभित्र सार्वजनिक गर्ने भयो पुँजी बजार विकास मार्गचित्र

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारमा देखिएका समस्या समाधान तथा लगानीकर्ताको हित संरक्षणका लागि एक साताभित्र समयबद्ध कार्ययोजनासहितको विस्तृत पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने जनाएको छ।

बोर्डले बुधबार जारी गरेको विज्ञप्तिमा धितोपत्र बजारमा देखापरेका समस्या र लगानीकर्ताबाट प्राप्त गुनासाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै बजार सुधारका लागि आवश्यक गृहकार्य भइरहेको जनाएको छ। मार्गचित्र सार्वजनिक भएपछि त्यसलाई तत्काल कार्यान्वयनमा लैजाने पनि बोर्डले जनाएको छ।

बोर्डका अनुसार अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयनलगायत बजारसँग सम्बन्धित विषयमा दिइएका निर्देशन तोकिएको समयभित्र कार्यान्वयन गराइनेछ। साथै, थप स्वस्थ, सुरक्षित र प्रभावकारी पुँजी बजारको वातावरण निर्माण गर्न धितोपत्रको सार्वजनिक निष्काशन प्रक्रिया तथा नियमन व्यवस्थालाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ।

यसका लागि विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, अन्य सम्बन्धित नियमावली तथा सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकालगायत प्रचलित कानुनी व्यवस्थाको समसामयिक पुनरावलोकन गर्ने कार्य सुरु भइसकेको बोर्डले जनाएको छ।

बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाइरहेको उल्लेख गर्दै कसैको हल्ला, बहकाउ वा अफवाहको प्रभावमा नपरी आफ्नै अध्ययन, विश्लेषण र जोखिम वहन क्षमताको मूल्याङ्कनका आधारमा मात्रै लगानीसम्बन्धी निर्णय लिन आग्रह गरेको छ।

740052737 1507558724748592 3708242810170313566 n https://bajarkochirfar.com/sebon-to-release-capital-market-development-roadmap-within-a-week | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स