प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२–०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य बाहेकका कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्तिको लागि अनलाइन आवेदन खुला गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य विद्यार्थीहरूलाई साउन ११ गतेभित्र आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार, सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका वा परिषद्का आङ्गिक शिक्षालयहरूबाट प्रिडिप्लोमा तह उत्तीर्ण गरेका विद्यार्थीहरूले मात्र आवेदन दिन सक्नेछन्।
एक आवेदकले कुनै एक प्रदेशको एउटा कार्यक्रमका लागि मात्र आवेदन दिन पाउनेछ र प्रतियोगिता पनि प्रदेश स्तरमै हुनेछ। योग्यता क्रम सूची प्रकाशन र भर्ना सिफारिस समेत प्रदेश अनुसार नै गरिनेछ। छात्रवृत्तिको लागि आवेदन सम्बन्धी जानकारी सम्बन्धित शिक्षालयहरूमा पनि उपलब्ध हुनेछ।


प्रतिकृया