सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीहरूलाई लाभांश पारित गर्न कम्पनीले मंसिर २६ गते, शुक्रबार, रुपन्देहीको होटल सिद्धार्थ भिलासा, भैरहवामा आफ्नो सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ५% बोनस सेयर र सोको कर प्रयोजनार्थ १५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा अनुमोदन गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १२ गते एक दिनको बुक क्लोज तोकेको छ। यस अनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



















प्रतिकृया