सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ८ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ। गत चैत ८ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले पारित गरेको लाभांश सेयरधनीहरूको बैंक खातामा पठाइएको कम्पनीले जनाएको छ। साथै, उक्त साधारण सभाबाट कम्पनीले १.२५ प्रतिशत बोनस सेयर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
कम्पनीले खातामा नगद लाभांश नपाएका सेयरधनीहरूलाई आफ्नो डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ, जसपछि मात्र लाभांश प्राप्त गर्न सकिनेछ। फागुन २६ गते बुक क्लोज गरेकाले फागुन २५ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन्। यसबाहेक, सेयर धितो राखेर कर्जा लिएका सेयरधनीहरूले कर्जा लिएको बैंक वा वित्तीय संस्थाबाट एनओसी (फुकुवा पत्र) पेश गरेपछि मात्र नगद लाभांश पाउने व्यवस्था गरिएको छ।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया