घाटाबाट बाहिरिन सफल भयो सानिमा मिडल तमोर, कमायो २१ करोड नाफा



Advertisement
Ads

सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ८१७ प्रतिशतले बढेर २१ करोड १४ लाख रुपैयाँमा पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १ अर्ब २० करोड रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च ६० करोड १२ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको वित्तीय आम्दानी २२ लाख ५८ हजार रुपैयाँ र प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३७ करोड ७९ लाख रुपैयाँ रहेको छ।


Advertisement

३ अर्ब ३३ करोड चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको रिटेन्ड अर्निङमा १३ करोड ३४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ १७ पैसा छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर