सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुँदैछ।
सभाले हाल कायम चुक्ता पूँजीअनुसार ७.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, २५ प्रतिशत हकप्रद सेयरलाई संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आर्थिक वर्षको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने, साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि सभामा छलफल गरिनेछ।
यस अतिरिक्त, गत आर्थिक वर्षका वित्तीय विवरणहरू पारित गर्ने तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेको छ। सोही आधारमा, चैत ७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



















प्रतिकृया