सानिमा जिआईसी इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २० गते
सानिमा जिआईसी इन्स्योरेन्सको साधारण सभा भोलि बस्दै, लाभांश र हकप्रदको प्रस्ताव पारित गर्ने

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा भोलि चैत २१ गते बिहीबार बस्दैछ ।सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गर्नेछ।

सभाले २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। साथै, गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्नेछ्।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरीसकेको छ। बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स