सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।
साथै,२५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
त्यसैगरी, गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले टुङ्ग्याएको छ ।



















प्रतिकृया