सानिमा बैंक लिमिटेडले प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमा संस्थापक सेयर बिक्री खुला गरेको छ। संस्थापक सेयरधनी मोहन कुमार खड्काको नाममा रहेका ६ हजार ८७७ कित्ता सेयर बिक्रीमा राखिएको बैंकले जनाएको छ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीसहित सर्वसाधारण व्यक्ति वा संघ–संस्था सबैले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ।
आवेदन गर्दा कम्तीमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। यसअघि पनि संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर बिक्री प्रक्रिया सुरु गरिएको बैंकले स्पष्ट पारेको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया