सानिमा बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज ३ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रहेको छ, जसअनुसार कुल १ अर्ब ७ लाख ५४ हजार ७ सय ५० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश लगानीकर्तामा वितरण हुने प्रस्ताव गरिएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाको पारितिपछि मात्रै उक्त लाभांश वितरणमा लागु हुनेछ।



प्रतिकृया