सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच, ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा समेटेको छ। दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाचले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ। ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसर सहित प्रस्तुत गरिएको छ। यसले सुत्ने समयको सल्लाह दिने सुविधा ल्याएको छ, जसले प्रयोगकर्ताको सर्केदीयन् रिदम विश्लेषण गरेर उपयुक्त समयमा सुत्न सुझाव दिन्छ, जसले गर्दा बिहान ताजगीको अनुभूति गर्न सकिन्छ। साथै, यसमा रहेको रनिंग कोचले दौड अभ्यासमा वास्तविक समयमा सुझाव दिई प्रदर्शन सुधार गर्न सहयोग गर्छ भने, करोडेनोइड लेभल चाँडै जाँच्न सकिने भएकाले स्वस्थ जीवनशैली र उमेरसँग सम्बन्धित निर्णयहरू सजिलै लिन सकिन्छ।
अब यस वाचमा सामेल गरिएको जेमिनी एआईको सहायताले प्रयोगकर्ताले वाचलाई आफ्नो स्वाभाविक आवाजमार्फत नियन्त्रण गर्न सक्छन्। सामसङ हेल्थजस्ता एपमार्फत अपडेट प्राप्त गर्ने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता कामहरू अब हात नचलाइ, केवल भ्वाइस कमान्डमार्फत गर्न सकिन्छ। यसले स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्यकेन्द्रित बनाएको छ।
ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमार्फत अलग पहिचान बनाउँछ। पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई दिनभरि लगाउन उपयुक्त बनाएको छ। यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले प्रयोगकर्तालाई आरामदायक अनुभव दिन्छ। मिनिमलिस्ट शैलीमा आएको यो वाच व्यायामदेखि अफिस मिटिङसम्म सबै पहिरनसँग सुहाउँछ। स्टाइलिस मात्र नभई हातमा लगाउँदा झर्को नलाग्ने यो वाच विशेषगरी लामो समयको प्रयोगका लागि उपयुक्त छ।
नेपालमा उपलब्ध ग्यालेक्सी वाच८ सिरिजका मोडेलहरूमा ‘ग्यालेक्सी वाच८ क्लासिक’ ४६ एमएम सेतो रङमा रु ७४,९९९ मा उपलब्ध छ। त्यस्तै, ‘ग्यालेक्सी वाच८’ ४० एमएम ग्रेफाइट रङमा रु ५४,९९९ र ४४ एमएम ग्रेफाइट तथा सिल्भर रङमा रु ५९,९९९ मा उपलब्ध छ। ग्यालेक्सी वाच८ सिरिज तपाईंको जीवनशैलीसँग मिल्ने गरी तयार गरिएको हो, जसले तपाईंलाई स्वस्थ रहन, जोडी रहन र सन्तुलित जीवनयापनतर्फ प्रेरित गर्छ।



















प्रतिकृया