नेपालकै भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी M सिरिजअन्तर्गत नयाँ Galaxy M36 5G सार्वजनिक गरेको छ। Velvet Black र Serene Green रंगमा उपलब्ध यो फोन दुई भेरियन्टमा सार्वजनिक गरिएको छ – 8GB + 128GB (NPR 36,999) र 8GB + 256GB (NPR 41,999)।
Samsungको सार्वजनिक जानकारीअनुसार, यो स्मार्टफोनमा AI इनोभेसन प्रमुख विशेषता हो। Google को Circle to Search र Gemini Live जस्ता फिचरमार्फत AI प्रयोग अझ सहज र उपयोगी बनाइएको छ।
फोनको डिजाइन र बनावटमा पनि ध्यान दिइएको छ। केवल 7.7mm पातलो यो फोन Corning® Gorilla® Glass Victus®+ ले सुरक्षित छ। 6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले, 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीको साथमा, उज्यालोमा पनि उत्कृष्ट भिजुअल अनुभव दिन सक्षम छ।
Samsung का अनुसार, Galaxy M36 5G मा 50MP OIS ट्रिपल क्यामेरा छ जसले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्छ। Auto Night Mode, Nightography, Photo Remaster र Object Eraser जस्ता फिचरहरू क्यामेरालाई थप प्रभावशाली बनाउँछन्।
प्रोसेसरको हिसाबले, Exynos 1380 (5nm) को प्रयोग गरिएको छ। Vapor cooling chamber, 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङ सपोर्टका साथ यो फोनले मन्स्टर परफर्मेन्स दिने दाबी गरिएको छ।
Samsung ले सार्वजनिक गरेको जानकारी अनुसार, यस फोनमा 6 वर्षको सुरक्षा अपडेट र 6 जेनेरेशनको Android अपग्रेडको ग्यारेन्टी दिइएको छ। One UI 7 मा आधारित यो फोनमा Now Bar, नयाँ विगेट्स र क्लीन होम स्क्रिनजस्ता सुविधाहरू उपलब्ध छन्।
Galaxy M36 5G आज (साउन ८) गते देखि नेपालभरका आधिकारिक Samsung रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।



















प्रतिकृया