सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन Galaxy S25 Ultra (1TB) नेपाली बजारमा सार्वजनिक गरेको छ। यो फोन १ टिबीको विशाल स्टोरेज, एडभान्स्ड ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमताले सुसज्जित छ।
Galaxy S25 Ultra (1TB) को मूल्य रु २,३४,९९९ तोकिएको छ। यो मोडेल Titanium Silver Blue र Titanium Gray रंगहरूमा उपलब्ध हुनेछ। वैशाख ४ गतेदेखि यो फोन देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा पाइनेछ।
सामसङले हुलास फिनसर्भ हायर पर्चेज मार्फत “इन्स्टा फाइनान्स” सुविधा पनि उपलब्ध गराएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले ०% ब्याजमा मासिक रु ११,७५० इएमआईमा फोन खरिद गर्न सक्नेछन्। प्रक्रिया सहज बनाउँदै, यसका लागि नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुनेछ।
फोन खरिद गर्ने ग्राहकहरूलाई NLG इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको एकपटकको ब्रेकेज इन्स्योरेन्स प्रदान गरिनेछ। साथै, पुराना स्मार्टफोन साटेर नयाँ Galaxy S25 Series खरिद गर्न चाहने ग्राहकहरूका लागि SubkoPhone र ArkoStore बाट एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ।



















प्रतिकृया