इम्पेयरमेन्ट चार्ज घट्दा समता घरेलु लघुवित्तको नाफा बढ्यो

इम्पेयरमेन्ट चार्ज घट्दा समता घरेलु लघुवित्तको नाफा बढ्यो
Advertisement Ads

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा २४०.९१ प्रतिशतले बढेर ८ करोड ४९ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानी बढ्नु तथा इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढेको हो।

चौथो त्रैमाससम्ममा समता घरेलु लघुवित्तको खुद ब्याज आम्दानी ७३.७५ प्रतिशतले बढेर ३३.७८ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ७४.६१ प्रतिशतले बढेर ३८.९९ करोड रुपैयाँमा पुगेको भएको छ। यता, इम्पेयरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट घटेर ५० लाख रुपैयाँमा आएको छ।

लघुवित्तको खराब कर्जा अनुपात १०.४८ प्रतिशतबाट ६.८७ प्रतिशतबिन्दुले घटेर ३.६१ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तले सापटी र निक्षेपबाट ४ अर्ब ९७ करोड रुपैयाँ संकलन गरी ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Advertisement Ads

लघुवित्तको चुक्ता पूँजी ६२ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २२ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९ पैसा बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको छ। यस्तै, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ३७ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

SMARTA https://bajarkochirfar.com/samata-gharelu-laghubitta-profit-increases-as-impairment-charges-decrease | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स